काठमाडौं, फागुन ३ । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको आज बिहान आफ्नै निवासमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ ।
लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । परिवार सदस्यका अनुसार उनी बेला(बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए ।
एमए अङ्ग्रेजी साहित्य, पीएच डीभाषा विज्ञान गरेका उनले मदन पुरस्कार, साझा पुरस्कारबाट सम्मान पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो ।
शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो ।f