काठमाडौं, ३ फागुन । कान्ति बाल अस्पतालले अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा मंगलबार दीप प्रज्ज्वलन गरेको छ। बालबालिकामा हुने क्यान्सर रोग निको हुन सक्छ र सरकारी अस्पतालमै उपचार संभव छ भन्ने सन्देशसहित अस्पतालले दीप प्रज्ज्वलन गरिएको हो । बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालमै संभव रहेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरीले बताए।
गिरीले समयमै उपचार गरियो भने सबै प्रकारका बाल क्यान्सर रोगको पूर्ण उपचार हुनेछ भन्ने सन्देशका साथ आफूहरुले अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएको सुनाए । नेपालमा वार्षिक करिब १५ सय बालबालिकाहरुमा नयाँ क्यान्सर हुने अनुमान गरिएको छ। बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैठौँ र बाल स्वास्थ्य समस्याहरुमा नवौँ प्रमुख जनस्वास्थ्य समस्या हो। उक्त कार्यक्रममा डा. जगरनाथ साह र ठूलो मात्रामा नर्सहरुको सहभागिता थियो ।