Logo

एमसीसीको विरोधमा बन्द देखि प्रदर्शनमा को को



काठमाडौं, ४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विरोधमा एक दर्जनभन्दा बढी दल देखि विभिन्न समूहहरु विरोधमा उत्रिएका छन् । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दलीय मोर्चाले बन्द आव्हान गरेका छन् ।

आजै माइतीघर मण्डलामा दर्जन समूहले प्रदर्शनको कार्यक्रम राखेका छन् । उनीहरुले एमसीसी सदनमा टेबल नगर्न र अनुमोदन नगर्न माग राखेका छन् ।

बन्द आव्हान गर्नेहरुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् ।

यसैगरी, राप्रपाले पनि एमसीसी विरुद्ध प्रदर्शन राखेको छ । नेकपा मालेलगायत विभिन्न दर्जन पार्टीको पनि प्रदर्शन छ । पूर्व सुरक्षाकर्मीहरुले खोलेको संगठन पनि एमसीसीको विरोधमा छ ।



प्रतिक्रिया दिनुहोस्