काठमाडौं, ४ फागुन । सातको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ५.०८ अंकले बढेको छ ।
यस वृद्धिसँगै सूचक २७५९.३७ विन्दुमा आइपुगेको छ । २६ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२४ कम्पनीको ४९ सय २९ कित्ता सेयर खरिदबिक्री भएको छ । यस सेसनमा कुन ४७ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ४ वटाको घटेको छ ।