काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज एमसीसी टेबुल नगर्ने सहमति भएको हो ।
माओवादी केन्द्रले भने आज संसदीय दलको बैठक राखेर जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णय बोकेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
त्यस्तै, आजको भेटवार्तामा भोलि नै गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक बोलाउने सहमति भएको प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।