काठमाडौं, ४ फागुन । एमसीसीविरुद्ध आज विभिन्न राजनीतिक दल, दलका भातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने हल्लाको बीचमा आज काठमाडौंमा एमसीसीको विरोधमा प्रदर्शन भएको हो ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनपनि विरोध प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरुले संसद् भवन अगाडि नै पुगेर प्रदर्शन गरेका थिए ।
उता, नयाँबानेश्वरमा भएको विरोध प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।
माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् ।
माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।
Photo By: Mukunda Kalikote/ReportersNepal