Logo

मिनिबसको ठक्करबाट बालाजुमा दुई जनाको मृत्यु, बस चालक सवारीसहित फरार



काठमाडौं, फागुन ५ । काठमाडौंको बालाजु गंगाहल अगाडी मिनिबसले किचेर बाटो काट्दै गरेका दुईजना पैदल यात्रुको मृत्यु भएको छ । विहान ६ बजे आसपास रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र ५० वर्षीया महिलालाई किचेर मिनिबस फरार भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार ठक्कर दिने मिनिबसको नम्बर खुल्न सकेको छैन् । मिनिबसको ठक्करबाट घाईते भएका उनीहरुको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

बुधबार बिहानपनि बालाजुमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको थियो । ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको पनि उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्