काठमाडौं, ५ फागुन । राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु विराटनगरमा हुने भएको छ ।
आज (बिहिवार) नेपाल फुटबल संघ (एन्फा) र विराटनगर महानगरपालीकाबीच यस विषयमा सम्झौता भएको एन्फाले जनाएको छ ।
सम्झौतामा एन्फा अध्यक्ष कर्मासिरिङ शेर्पा र विराटनगर महानगरपालिकाका मियर भिम पराजुलीले हस्ताक्षर गरेका छन् ।
लिगको शीर्ष पाँचमा रहेका टोलीलाई महानगरपालीकाले समेत सम्मान गर्ने भएको छ ।
खेल विराटनगर स्थित सहिद रंगशालामा हुनेछ ।
लिगको पहिलो चरणका खेल चितवनमा भएको थियो । भरतपुर महानगरपालिका र एन्फाबीच भएको सम्झौता अनुसार चितवनमा खेल भएको थियो ।