Logo

ओलीले प्रधानमन्त्री बन्ने दाउ गरेपछि…



काठमाडौं, ५ फागुन । एमसीसीमा निर्णायक शक्ति बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने विकल्पसमेत तयार गरेर बढेका प्रधानमन्त्री शेरबहादुर देउवा ब्याक भएका छन् । उनले ओलीसँग पठाएका विश्वासपात्रहरुले सर्तहरुबारे जानकारी दिएपछि ब्याक भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले सभामुखको बर्हिगमन, सत्तामा साझेदारीलगायतका कडा खालका सर्त तेर्साएका थिए । उनले आफू प्रधानमन्त्री बन्ने सम्मको विषय राखेपछि देउवा झस्किएको बुझिएको छ ।

एमसीसी पारित गर्ने सर्तमा सत्ता छाड्न देउवा तयार देखिएका छैनन् । उनले सकभर गठबन्धन जोगाएर एमसीसी पारित गर्ने प्रयासलाई जोड दिने भएका छन् । गठबन्धन टुटेमा देउवालाई नोक्शान पुग्ने निष्कर्षमा काँग्रेसका प्रभावशाली नेताहरु पुगेका छन् । जसमध्ये नेता रामचन्द्र पौडेल पनि छन् ।

गठबन्धनका दलहरुलाई एमसीसीमा लचिलो बनाउनुपर्ने या देउवाले एमसीसीमा ब्याक हुनुपर्ने अवस्था आएको छ । देउवा एमसीसी तत्काल पारित गर्ने विषयमा लचिलो हुन अमेरिकालाई आग्रह गर्ने अवस्थासम्म पुगेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्