Logo

सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बस्दै



काठमाडौं, फागुन ६ । एमसीसीबारे साझा धारणा तय गर्न पटक–पटक बस्दै आएको सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज पुनः बस्न लागेको छ ।

अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा केन्द्रित रहेर आजको बैठक आह्वान गरिएको छ ।

विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन् । सत्तारुढ गठबन्धनबीच एमसिसी अघि बढाउने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

अहिले १० बजे बस्न लागेको गठबन्धनको बैठकमा सरकारले संसदमा एमसीसी लैजाने हो वा हैन भन्नेबारे धारणा बनाउनेछ । बैठकपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने सरकारले चाहिरहेको छ।



प्रतिक्रिया दिनुहोस्