Logo

एमालेले आजपनि संसद्मा अवरोध गर्ने, होला त एमसीसी टेबुल ?



काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजपनि संसद् बैठकमा अवरोध गर्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाईएको छ । आजको बैठकमा सरकारले एमसीसी पास÷फेलको लागि सदनमा टेबुल गराउने तयारी गरेको छ। त्यसको लागि अहिले सत्ता गठबन्धनको निर्णायक बैठक बस्दैछ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भने आफ्ना सांसदहरुलाई प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायम राख्न निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् ।

अहिले ११ बजे बस्ने बैठकमा एमाले सहभागी नहुने भएको छ । एमालेको अवरोध कायमै रहने, सत्ता पक्षमा पनि एमसीसीबारे एकमत नभएको हुँदा आज एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्नेबारे स्पष्ट भैसकेको छैन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने कुनैपनि हालतमा आजै एमसीसी टेबुल गराउने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्