काठमाडौं, ६ फागुन । युरोपा कन्फरेन्स लिग फुटबलको नकआउट चरण अन्तर्गतको खेलमा लेस्टर सिटीले रान्डर्समाथि जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लेस्टरले डेनिस क्लब रान्डर्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलको २औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५औं मिनेटमा भिटोले गोल गर्दै रान्डर्सलाई १–१ को बराबरीमा ल्याए ।
तर, खेलको ४९औं मिनेटमा हार्भे बर्नेसले गोल गरेपछि लेस्टरले २–१ को अग्रता बनायो ।
५४औं मिनेटमा पाट्सन डाकाले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।
साथै, खेलको ७४औं मिनेटमा केइरनन हलले गोल गर्दै लेस्टरलाई ४–१ को जित दिलाए ।
दुई टोली बीचको दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ ।