काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले चौंथो विकेट लिएका हुन् ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले छ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले ६.४ ओभरमा ३ विकेटको नोक्सानीमा ३१ रन बनाएको छ ।
नेपालकालागि जितेन्द्र मुखियाले दुई तथा कमल सिंह ऐरीले एक विकेट लिएका छन् ।