काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सातौ सफलता हात पारेको छ ।
नेपालका लागि कप्तान सन्दीप लामीछानेले सातौ विकेट लिएका हुन् । यो सन्दीपको व्यक्तिगत दोस्रो विकेट हो ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १३ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले १३ ओभरमा ७ विकेटको नोक्सानीमा ६६ रन बनाएको छ ।
नेपालकालागि जितेन्द्र मुखियाले दुई तथा कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, अभिनास बोहोरा र कप्तान सन्दीप लामिछानेले समान एक÷एक विकेट लिएका छन् ।