काठमाडौं, ७ फागुन । वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिज भारतले एक खेल अगाबै जितेको छ ।
शुक्रबार राति कोलकत्तामा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै भारतले सिरिज जितेको हो ।
भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका रोभम्यान पावेलले अविजित रहदै ६८ रनको योगदान गरे । यस्तै निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
भारतका युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र रबी बिस्नोईले समान १÷१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो ।
भारतका लागि ऋषव पन्तले अविजित ५२ रनको योगदान गरे ।
यस्तै, पूर्व कप्तान विराट कोहलीले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने भेन्कातेस आयरले ३३ रन बनाए ।
वेस्ट इन्डिजका रोस्टन चेसले सर्वाधिक ३ विकेट लिए ।