काठमाडौं, ८ फागुन । सत्ता साझेदार पाँच गठबन्धनको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति जुटेको छ । आजको संसदमा एमसीसी टेबल हुने भएपछि काठमाडौंको माइतीघर, बबरमहल देखि बानेश्वर सम्म कडा सुरक्षा व्यवस्था गरिएको छ ।
काठमाडौंका सडकमा आजका लागि २ हजार भनदा धेरै प्रहरी परिचालन गरिएको छ । एमसीसीको विरोधमा विभिन्न संघ संस्थाहरुले प्रदर्शन गर्दै आएका छन् ।
एमसीसीविरुद्ध सत्तारुढ दलकै केही कार्यकर्ताहरु पनि विरोधमा उत्रिएका थिए ।