Logo

एनएमबि बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट



काठमाडौं, ९ फागुन । एनएमबि बैंकले हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । बैंक र अस्पतालबीच भएको सम्झौतासँगै बिराटनगरस्थित उक्त अस्पतालमा बैकका ग्राहकले छुट पाउने भएका हुन् ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका हु्न् ।

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट तथा सहुलियत बैंकका ग्राहकहरु पाउने भएका छन् ।

अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।



प्रतिक्रिया दिनुहोस्