काठमाडौं, ११ फागुन । ज्योति विकास बैंकले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ ।
बैंकले गत पुस ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाएको हो । पुस ८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ ।
ज्योति बैंकको पुस २३ गते सम्पन्न साधारण सभाले ११ प्रतिशत बोनस सेयर र ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।