Logo

एकिकृत समाजवादीको शीर्ष नेताहरुको बैठक आज



काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)का शीर्ष नेताहरुको आज अनौपचारीक बैठक बस्ने भएको छ । भोलि हुने प्रतिनिधि सभा बैठकका लागि रणनीति बनाउन बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्न लागेको जनाइएको छ ।

एकिकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने यसअघि नै निर्णय गरिसकेको छ । एमसीसीको विषयमा आज विशेष छलफल हुने बुझिएको छ। पार्टीले भोलि बिहान संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ ।

पार्टीका वरिष्ठ नेता एमसीसीको विपक्षमा उभिएका छन् भने माधव नेपाल समर्थन जनाउँदै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्