काठमाडौं, ११ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्ने भएको छ ।
सिरिजमा युएई, नेपाल र पीएनजी सहभागी हुनेछन् ।
नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ भने नेपालको तेस्रो खेल युएईविरुद्ध मार्च २१ साथै, अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।
२३ खेलबाट ३० अंक जोडेको ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपाल ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा रहेको छ भने पीएनजीले अहिलेसम्म जित निकाल्न सकेको छैन् ।