काठमाडौं, ११ फागुन । आईसीसी टी–ट्वान्टी वरीयताक्रममा नेपाल दुई स्थान तल झरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको वरीयताक्रममा नेपाल १५औं स्थानमा आईपुगेको हो ।
यस अघि नेपाल १३औं स्थानमा रहेको थियो ।
नेपालले मंगलबार मात्रै आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएको थियो ।