काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भोलिको प्रतिनिधिसभाको बैठकमा सबै सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित् हुन निर्देशन दिएको छ। आज (बुधबार) बसेको संसदीय दलको बैठकले यस्ते निर्देशन दिएको हो ।
छलफलपछि प्रक्रिया दिँदै सांसद लक्ष्मणलाल कर्णले भने–‘भोलिको संसद् बैठकमा सबै माननीयहरुलाई अनिवार्य उपस्थित् हुन भनिएको छ, एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिईएको छ । उहाँले गर्ने निर्णय सबैले मान्नुपर्ने हुन्छ ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम