काठमाडौं, १२ फागुन । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित् भएको छ ।
सरकारकै आग्रहमा बैठक स्थगित् भएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।
सरकारले एमसीसी संसद्मा पेश गरेपछि दलहरुबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि मुभ गरिरहेका छन् ।
यसको लागि उनले बरु एमालेको साथ लिने पनि तयारी गरेका छन् ।
सत्ता गठबन्धनबाट एमसीसीलाई लिएर सहयोग नभएपछि उनले यस्तो कदम चाल्न लागेका हुन् ।