Logo

फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियानको घोषणा



काठमाडौं, १२ फागुन । काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सुचित ७ वटा सम्पदाहरुको सरसफाई अभियान चलाइने भएको छ । आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो ।

२५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरुलाई प्रमुख अतिथि बनाउने अभियानका संयोजक राजमान मानवले बताए । उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाई गदै आएको उनले जनाए । सरसफाईको सुरुवात टोलबाट गरेपनि पछि काठमाडौं उपत्यकामा फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाई अभियान चलाउँदै आएको उनले सुनाए ।

उनले सफाइ अभियान समय धेरै भएर नगरेको भन्दै आफ्नो भित्रि चाहाना र इच्छाको कारण गरीरहेको बताए । सरसफाईले प्रकृतिलाई स्वच्छ राख्ने उनको भनाई थियो । काठमाडौंमा सधै फोहोरको डंगुर हुने पनि उनले बताए । उनले भने,‘नेपालको कुनै पनि गाउँपालिका सफा छैनन्, जहाँ–जहाँ मानव बस्ती छ, त्यहाँ फोहोर छ ।’ राज्यले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले ध्यान दिनपर्नेमा जोड दिए । साउथ राष्ट्रका सबैभन्दा धेरै फोहोर हुने ५ देश भएको उनले जिकिर गरे ।

उनले संसारको पहिलो बंगलादेश र दोस्रो फोहोर राष्ट्र अफ्रिका भएको सुनाए । काठमाडौं उपत्यका सफा भए मात्र नेपाल अन्तर्राष्ट्रिय स्तरमा सफा देशको सुचिमा पर्ने उनको भनाई थियो । नेपालमा आउने पर्यटक मध्ये काडमाडौंमा मात्र ६० प्रतिशत घुम्ने जिकिर गर्दै उनले काठमाडौंलाई सफा राख्नुपर्ने बताए ।

पुरानो चल्दै आएको परम्परा अनुसार आफुहरुले सरसफाई गरिरहेको र सरसफाई ठोस योजना अनुसार नभएको संयोजक राजमानले सुनाए । सरसफाई विधि राम्रो नभएको भन्दै उनले नेपालको सफाइ विधिलाई परिर्वतन गर्न आवश्यकता रहेको औंल्याए । उनले भने,‘बिहान एक टाइम सफा गर्ने, कसैले सफाईको बारेमा अनुगमन पनि नगर्ने यो तरिका परिवर्तन हुन जरुरी छ ।’ नेपालको सफा गर्ने विधि अवैज्ञानिक र अव्यवस्थित भएको उनले आरोप लगाए ।

पर्यटकिय शहर पोखराका केही भाग सफा भएपनि धेरै स्थान फोहोर भएको उनले सुनाए । उपत्यकाको सरसफाई गर्ने जिम्मा कसको हो त्यो कसैलाई थाहा नभएको उनले सुनाए । आफ्नो घर, टोल सफाईको लागि जनता आफै सचेत हुनपर्नेमा उनले जोड दिए । मानवले आफु सरसफाई गरिरहेको अवस्थामा मर्न चाहेको पनि स्पष्ट पारे । विश्वका सबै मानवले आफुले प्रयोग गरेर निस्किएका वस्तुहरु नै फोहोर भएको भन्दै जथाभावी फोहोर फाल्न नहुने बताए । सरसफाई गर्न सबैले आफ्नो दायित्व सम्झेर जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाई थियो ।

नेपालमा जति फोहोर गरेपनि दण्ड जरिवानाको व्यवस्था नगरिएको भन्दै फोहोर गर्नेलाई जरिवाना तोक्न सम्बन्धित निकायसँग आग्रह गरे । नेपालमा फोहोर फाल्नेलाई कारवाही गर्ने नियम भएपनि लागु नभएको उनले उल्लेख गरे ।

मैतिदेवी वातावरण संरक्षण अभियानका संयोजक राधेश्याम मिश्रले सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभए पछि एकिकृत भएर उपत्यका ब्यापी सरसफाई अभियानमा लागेको बताए । राज्य सञ्चालन गर्ने नेताहरु दृढताको साथ लागेमा काठमाडौं उपत्यकामा फोहोरको समस्या नहुने उनको भनाई थियो । फोहोर व्यवस्थापन गर्न ल्याण्ड फिल साइडको राम्रो व्यवस्था हुनपर्ने उनले बताए । वर्खा लागेसँग सधै बाटो बिग्रने समस्या सधै उस्तै रहेको भन्दै मानन्धरले चाँडो भन्दा चाँडो बाटो निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले सरसफाई अभियान साढे ७ देखि ९ बजेसम्म गर्ने पनि जानकारी दिए ।

मनोहरा सरसफाई अभियानका संयोजक चन्द्र दगांलले नेपाल सप्तऋषिले तपस्या गरेका भुमि हो भन्दै पवित्र तपोभुमिको सरसफाइ नगरे ठुलो पाँप लाग्ने बताए । २०७० जेठबाट बाग्मती सफाइको सुरुवात गरेको सुनाए । प्रकृतिको सुन्दर उपहार नेपाल भएपनि पछिल्लो समयमा फोहोरी देशको रुपमा परिचित भएको उनले आरोप लगाए । कार्यक्रमको सञ्चालन नारायण गिरीले गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्