काठमाडौं, १२ फागुन । नेप्सेमा आज ५८ अंकको पहिरो जाँदा केही कम्पनीका कारोबार भने सर्वाधिक भएको छ । आज सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बृद्धि भएको हो । आज कम्पनीका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले १ प्रतिशतका दरले कमाएका छन्। नेप्सेको अनुसार एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले १ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् । यसैगरी, शिभ श्री हाइड्रोपावर कम्पनीको शेयरमुल्य १ दशमलव ५६ प्रतिशतले बढेको छ ।