काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि आयोजक ओमानविरुद्ध नेपालले बलिङ गर्दैछ ।
अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
नेपालले तेस्रो ओभरमा दुई विकेट लिएको छ । ओमानले ३ ओभरमा दुई विकेटको नोक्सानीमा ८ रन जोडेको छ ।
सेमिफाइनलमा नेपाल युएई तथा ओमान आयरल्यान्डविरुद्ध पराजित भएका थिए ।