काठमाडौं, १२ फागुन । अर्थमन्त्री जर्नादन शर्मा एमसीसी सदनमा टेबल गर्दा अनुपस्थित रहे । अर्थमन्त्रीको हैसियतले उनको मन्त्रालयसँग सम्बन्धित विषयमा टेबल गर्नुपर्ने उनैले थियो ।
आज प्रतिनिधि सभामा एमसीसीबारे छलफलका लागि बैठक डाक्दा उनी काठमाडौं बाहिर थिए । बैठक सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरे ।
पर्वत उद्दोग वाणिज्य संघको ४६औं स्थापना दिवसमा सम्बोधन गर्दै शर्माले एमसीसीलाई राष्ट्रिय संकटको विषयको संज्ञा दिए । यसले समाज र पार्टीहरुलाई विभाजित बनाएकाले समस्या बढ्न नदिन तत्काल राष्ट्रिय सहमतिमा जोड दिए ।
शर्माले भने,‘एमसीसी राष्ट्रिय संकटको इस्यु बनेको छ । समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको छ । त्यसबाट बच्न राष्ट्रिय सहमति बनाउनुपर्ने आवश्यकता छ ।’
एमसीसीमा जर्बजस्ती बढेमा राजनीतिक दलहरुमा समेत विभाजन आउने खतरा औल्याए ।-File Photo