काठमाडौं, १४ फागुन । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले युद्धग्रस्त युक्रेनबाट नेपाली विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न सरकारसँग अपिल गरेका छन् । विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति र महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउधनको रक्षा गर्नु राज्यको कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
उनले अघि भनेका छन्,यसर्थ युक्रेनमा रहेका नेपाली नागरिक एबं विद्यार्थी माथी सुरक्षा चुनौति बढ्दै गएको हुँदा संकटमा परेका नागरिकका लागि राज्यले कूटनीतिक पहल लगायत आबश्यक प्रवन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछु ।
जय नेपाल ।