काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले शर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने अनुदान नेपाललाई नचाहिँने बताएका छन् ।
खनालले एमसीसीमाथि सदनमा सामान्य छलफल भएपछि आइतबार आफ्ना धारणा राख्ने क्रममा यथास्थितिमा पारित गर्न नहुने बताएका हुन् । उनले एमसीसी सम्बन्धी सबै सम्झौता र पत्राचार गनुपर्नेमा जोड दिए। खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्ययनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरेका हुन् ।
१२, १३ वटा सम्झौता भइसकेका भन्दै खनालले ती सबै सम्झौता अध्ययन र छलफल गर्न पाउनुपर्ने माग गरेका छन् । त्यसपछि मात्रै यो सभाले निर्णय गर्नपर्ने उनले धारणा राखे । नेता खनालले सबै सम्झौता र पत्राचार संसदमा अबिलम्ब बाँड्न माग गर्दै एसमीसी सम्बन्धी सबै सम्झौता यो सदनमा अवलम्ब वितरण गर्न र सबै पत्राचार पनि सदनमा आउनुपर्ने बताए ।