काठमाडौं, १५ फागुन । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा थामिएको हो ।
आज दिनभर भएका ४९ हजार ६ सय ७० कारोबारबाट २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर खरिद विक्रि भएका छन् । आइतबार ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँको कारोबार भएको छ ।