काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको आजको पहिलो सेसनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
संसद् भवनमै मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ ।
अहिले केही बेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्ने जनाईएको छ ।
मन्त्रिपरिषद बैठकपछि आजै बस्ने संसद्को दोस्रो सेसनको बैठकमा एमस्ीिि पास गरिने सरकारको तयारी छ ।