काठमाडौं, १५ फागुन : नयाँ बानेश्वरस्थित संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ ।
सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।
गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।