Logo

उपत्यकामा बन्दको प्रभाव समान्य



काठमाडौं, फागुन १६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।

बन्दको आह्वान गरेका छन् । उपत्यकामा भने बन्दको असर समान्य रहेको छ । उपत्यकाको जनजीवन समान्य रहेको छ । उपत्यकामा सवारी साधान निर्वाध रुपमा चलिरहेका छन् ।

सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । सवारी आवागमनमा अवरोध गर्न खोज्ने ६ जनालाई राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा पर्याप्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।

चक्रपथ रिङरोड क्षेत्रमा बन्दकर्ताले सवारी आवगमनमा अवरोध पु¥याउन गरेका प्रयास प्रहरीले हटाएको छ । सवारी बन्द गराउन हिडेका बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । त्यस्तै, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्