काठमाडौं, १७ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।
फुटबलका दुई सर्वोच्च निकायले अर्को सूचना नआएसम्मको लागि प्रतिबन्ध गर्ने घोषणा गरेका हुन् ।
रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेका हुन् ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको हो ।