काठमाडौं, १७ फागुन । सुर्खेतको विरेन्द्रनगरमा प्रदर्शनकारीको ढुंगाप्रहारबाट घाइते भएका एक होटल सञ्चालकको काठमाडौंमा उपचार भैरहेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध गरिएको प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा व्यवसायी रणबहादुर डाँगी सोमबार घाइते भएका थिए ।
डाँगीको विरेन्द्रनगरको देउती नर्सिङ होममा उपचार हुन नसकेपछि प्रदेश अस्पताल रिफर गरिएपनि त्यहाँ पनि उपचार सम्भव नभएपनि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौं रिफर गरिएको हो ।