काठमाडौं, १७ फागुन । महाशिवरात्रिलाई हिन्दुहरुको महान चाडको रुपमा लिइन्छ । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।
पशुपति विकास कोषका अनुसार सधै घण्टौंसम्म लाइन बस्न पर्ने पशुपति नाथमा यस वर्ष भने आधा घण्टामा भक्तजनहरु मन्दिर छिरेर दर्शन गरेका छन् । २ वर्ष देखि कोरोना महामारीको कारण महाशिवरात्रि मनाइएको थिएन् ।
आज बिहान ८ बजेदेखि पशुपतिनाथमा आउने सवारी साधनको चाप र मानिसहरुको भिड अत्यधिक बढेको छ ।