Logo

पत्रकारमाथि प्रहरीले दुव्यवहार गरेकोमा आपत्ति



काठमाडौं, १८ फागुन । अमेरिकी सहयोग परियोजना एमससीविरुद्ध भएको आन्दोलनमा समाचार संकलनको लागि पुगेका पत्रकारहरुमाथि प्रहरीले गरेको दुव्यहारको आपत्ति जनाइएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत फागुन १६ गते भएको एमसीसीविरुद्ध आन्दोलनमा विश्वभुमि खबरका पत्रकार होमबहादुर कार्कीलगायतमाथि गरिएको दुव्यवहारको विरोध गरिएको हो ।

कार्यक्रममा बोल्दै अधिवक्ता त्रिलोक बहादुर चन्दले पत्रकारमाथि कुटपिट हुनु निकै दुखद भएको सुनाए । पत्ररकारले देशको हितमा काम गर्ने भएकोले अपराधीलाई झै हेर्न नहुने उनले धारणा राखे । सरकारले संसदलाई प्रयोग गरेर एमसीसी जस्तो अपराधिक गतिविधि सन्धी गरेको आरोप लगाउँदै सन्धी त कुनै विषय वस्तुमा हुने तर परियोजनामा सन्धी नहुने उल्लेख गरे । आम पत्रकार जगतलाई तथानाम पैसा बाडेर बिगहाउसहरुले पैसा लिएर एमसीसीको पक्षमा बोलिरहेको उनले आरोप लगाए ।

त्यस्तै, राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले राज्य भएपनि सरकार विहिन अवस्थामा देश रहेको बताए । रायमाझीले नेपालमा कठपुतली सरकार रहेको उनले स्पष्ट पारे । आदेश र परमादेशले बनाएको कठपुलती सरकार नागरिकहरुको सुरक्षा गर्न नसकेको उनको भनाइ थियो । उनले भने,‘कुनै पनि राज्यका नागरिकको जिउज्यानको सुरक्षा र मौलिक हक अधिकार सुरक्षित हुन्छ तर परमादेशले बनेको सरकारमा सुरक्षित हुने सम्भावना कम हुन्छ ।’ धर्म सस्कृति र सभ्यतालाई जोगाउन पर्छ भनेर पत्रकारीतामा लागेका विश्वभक्त कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थुनामा राखेर मानसिक यातना दिएकोमा उनले खेद प्रकट गरे ।

कार्यक्रममा बोल्दै होमबहादुर कार्की ‘विश्वभक्त बाबा’ले जहाँ धर्म रहन्छ र जहाँ धर्मको व्याख्या गरिन्छ त्यहाँ जनता बाच्ने बताए । उनले आफुलाई हान्ने गुलेलीले अरुलाई पनि बाँकी नराख्ने बताए । समाचार संकलनमा गएको बेला आफु लगायत केही साथीहरु पक्राउ परेको भन्दै दुःख व्यक्त गरे । आफुले पहेलो लुगा लगाएकै भरमा धार्मीक व्यक्तित्व भएको आधारमा पक्राउ गरेको उनले सुनाए । पत्रकारलाई मात्र नभएर धार्मिक व्यक्तिलाई पक्राउ गर्नु भनेको खतराको संकेत भएको उनले जिकिर गरे । आफु मरेर पनि देश बचोस भनेर हिडेको भन्दै बाबाले परिवार, धन सम्पत्ति त्यागेर राष्ट्रको लागि पत्रकारिता गर्दै कसैको एक पैसा नलिएको उनले स्पष्ट पारे ।

उनले गत सोमबार बानेश्वरमा प्रहरीले आफ्नो झोला खोतलिएकोमा असन्तुष्टि पोखे । झोला खोतल्न अनुामति चाहिने भन्दै अनुमति बिनै झोला खोतलेकोमा आपत्ति जनाए । प्रहरीले एउटा पत्रकारिता पेसाभित्र आतंक सिर्जना गरेको उनले आरोप लगाए । देश बनाउन सबै राष्ट्रवादी शक्तिहरु एकताबद्ध हुनपर्ने उनले बताए । उनले देशको लागि मर्न तयार भएको भन्दै आफुले जस्तो सुकै भोग्न तयार भएको तर अन्य ६÷७ जना पत्रकारहरुमाथि भएको हमलामा निकै दुःख लागेको सुनाए ।

उनले भने,‘प्रहरी कार्यालय पुगेपछि मैले आफन्तलाई फोन गर्छु भन्दा फोन जफत गरियो, सबै डाटाहरु ३ घण्टासम्म हेरियो, अरुलाई कुटेर डरत्रास र मानसिक टर्चर दिने काम गरियो ।’ पशुपति नाथमा ७२ घण्टा जल र अन्न त्याग गरी बसेमा त्यसपछिको परिणाम के हुन्छ त्यसको बारेमा केही भन्न नसक्ने पनि चेतावनी दिए ।

 

 



प्रतिक्रिया दिनुहोस्