काठमाडौं, १८ फागुन । आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलभित्र रहेको कफी सप अझै सञ्चालनमा आउन सकेन् । २०७६ साल माघ २७ गते साँझ विमानस्थलको टर्मिनल भित्र रहेको टी/कफी कन्फेक्स्नरीमा विजुलीको तार सट हुँदा आगलागी भएको थियो ।
आगलागी भएको अहिले दुई वर्ष बितिसक्दापनि उक्त कफी सप सञ्चालनमा आउन सकेको छैन् । यसले यात्रुहरुलाई ठूलो असुविधा पुगेको गुनासो छ । आगलागी भएको यतिका वर्ष भैसक्दापनि अझैसम्म कफी सप सञ्चालनमा नआउनु दुःखद् भएको यात्रुहरुको गुनासो रहने रहेको छ । विश्वभरिका विमानस्थलका टर्मिनलभित्र कफी सप हुन्छन् । अहिले टर्मिनलभित्र चिया र पानी पिउने पनि व्यवस्था छैन ।
विमानस्थलको टर्मिनलभित्र कफी सफ खोल्दा मुलुकले राम्रो रेभेन्यु हाँसिल गर्न सक्दथ्यो । तर, कफी सप नहुँदा यात्रुले सुविधा पाएनन। सम्बन्धित निकायले तत्काल उक्त टर्मिनलभित्र कफी सप सञ्चालन गराउनको लागि ध्यान दन जरुरी छ ।