Logo

मिर्गौला बेच्न भारत लैजान लागेका २ जनाको उद्धार, एकजना पक्राउ



काठमाडौं, २० फागुन । मिर्गौला बिक्रि गर्न भारत लैजान लागिएको अवस्थामा २ जनाको उद्धार गरिएको छ। काठमाडौंको माछापोखरीस्थित एक होटलबाट आर्थिक प्रलोभन देखाएर भारत लैजान लागेका २ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका ती व्यक्तिहरुलाई एउटा मिर्गौलाले मात्र बाच्न सकिने र मिर्गौलाको ८ लाख रुपैयाँमा पाइने भनेर प्रलोभन देखाएर भारतमा लैजान लागेको समुहका २ जना पक्राउ गरेको हो ।

प्रहरीको अनुसार हेटौडा घर भएका मोती लामा पक्राउ परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्