काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
उनीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको ब्याच लगाइदिएका छन्। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको थियो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम