काठमाडौं, २१ फागुन । भर्खरै महाशिवरात्री सम्पन्न भएको छ। उक्त अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सजाईएका सयपत्री फूलहरुलाई गुर्जो चियाको लागि प्रयोगमा ल्याईएको भएको छ ।
निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले हिजो साँझ मन्दिर परिसरमा पुगेर फूलहरु संकलन गरेका हुन् । उनकाअनुसार ती संकलित फूलहरुलाई राम्ररी पानीमा सफा गरेर मात्र प्रयोगमा ल्याईनेछ ।
फूल संकलनको लागि उनलाई दाई रमेशबहादुर राजलवट, योग गुरु सुरेन्द्र रिमाल तथा गोपाल खड्का सक्रिय भएर सेवा भागमा लागेका थिए । गुर्जोको चिया बनाउनको लागि राजलवटले सयपत्री फूलपनि प्रयोग गर्दै आएका छन् ।