Logo

बारमा भएको गठबन्धनविरूद्ध डीएलएमा विद्रोह, महासचिवमा अधिकारीको उम्मेदवारी



काठमाडौं, २३ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)मा विद्रोह भएको छ ।

महासचिवमा माओवादी केन्द्र निकट अंकिता खनाललाई गठबन्धनका गोपालकृष्ण घिमिरेको टिमबाट उठाएपछि डीएलएका इन्द्र अधिकारीले महासचिवमा उम्मेदवारी दिएका छन् । गठबन्धनको डीएलएमा चर्को मतभेद रहेको छ ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल निकट अधिकारीले महासचिवमा उम्मेदवारी दिएपछि गठबन्धनको औचित्यमाथि नै प्रश्न उठेको छ । कांग्रेस निकट अधिकांश वकीलहरु माओवादी निकट वकीललाई अस्वीकार गर्दै एक्लै लडनु पर्ने पक्षमा रहेका छन् ।

तर विवादित अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेका कारण डीएलएमा विद्रोह सुरू भएको छ । सत्ता गठबन्धनको भागबण्डा अनुसार डीएलएलाई अध्यक्षसहित १५ र नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई उपाध्यक्ष र महासचिवसहित १० सिट दिइएको छ । भागवण्डाका कारण डीएलएभित्र भने भाँडभैलो मच्चिएको छ ।



प्रतिक्रिया दिनुहोस्