Logo

माओवादी केन्द्रले दुई महिना निर्वाचनकेन्द्रित अभियान चलाउने



काठमाडौं, २३ फागुन। नेकपा (माओवादी केन्द्र) ले निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठकले निर्वाचनकेन्द्रित अभियान चलाउनेगरि कार्यक्रम बनाएको छ । बैठकस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता वर्षमान पुनले निर्वाचन केन्द्रित अभियान लिएर अब गाउँ गाउँमा केन्द्रीय सदस्यहरु जाने बताएका हुन् ।

उनले भने,‘महाधिवेशनले टुँगाएको विधानअनुसार ९७ जनाको केन्द्रीय सदस्यहरुको मनोनयन र बाँकी पूरा गर्नको लागि, महाधिवेशनप्रति जिम्मेवार रहँदै २५ प्रतिशतमा नबढ्नेगरि वैकल्पिक केन्द्रीय सदस्यको पनि व्यवस्था गरेको छ । यो कुरा हामी आगामी बैठकबाट टुँगो लगाउँछौं ।’उनले आगामी बैठकबाटै पदाधिकारी र स्थायी कमिटी पनि टुँगो लगाउने जनाए । उनले एमसीसीबारे भएको मतभेदलाई सम्माजनक रुपमा दर्ज गर्ने र अब बस्ने बैठकले सबै कुरा टुँगो लगाउने सुनाए ।

आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ। अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्