Logo

एनआरएनको निर्वाचनको मिति ३ दिनपछि सारियो



काठमाडौं, २५ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी मार्च २१ र २२ हुने भनिएको निर्वाचनको मिति सारिएको छ । एनआरएनएको निर्वाचन ३ दिनपछि सारेर २४ र २५ तारिखमा गर्न लागिएको हो ।

निर्वाचन समितिले उम्मेदवारको मनोनयन समय थप गर्नुपर्ने भएकोेले मिति पछि सारिएको जनाएको छ । अध्यक्ष कुमार पन्तको आग्रहमा मनोनयनको म्याद शुक्रबार सम्मको लागि बढाइएको हो ।

 



प्रतिक्रिया दिनुहोस्