काठमाडौं, २५ फागुन । मुक्तिनाथ विकास बैंकले आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले कपिलवस्तुको कैलाश आश्रम धामको मनकामना गुरुकुलमा भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।
आश्रम धामलाई बैंकले एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जि.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।