काठमाडौं, २५ फागुन । आज शेयर बजार ३० अंकले घट्दा २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ ।
कम्पनीको आज १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेप्सेको अनुसार आज एनआइसी एशिया बैंकको १० करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ९ करोड ७९ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड ३८ लाख र हिमालयन डिष्टिलरीको ७ करोडमाथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।