काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेर आगामी चुनावमा जनतामाझ जाने बताएका छन् ।
बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले जनताबाट सिधा प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।
मुलुकको हितको लागि संसदबाट प्रधानमन्त्री नभई सीधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नपर्नेमा उनले जोड दिए । देशलाई भ्रष्टाचारमुक्त बनाउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नपर्ने उनको भनाई थियो ।
शाहीले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन हुन नसक्ने पनि जिकिर गरे ।