Logo

हकप्रद बिक्री गर्न अपि पावर कम्पनीले पायो अनुमति



काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता (२९ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस्तै, कम्पनीले गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता ९४७५० हकप्रद सेयर बिक्री खुला गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्