Logo

मुकुन्देले लेखेः गृहमन्त्री भइसकेका नेताको ज्यान जोखिममा



काठमाडौं, २८ फागुन । नेपालको राजनीतिबारे व्यङ्ग्य र टिप्पणीहरु गरिरहने मुकुन्द घिमिरे आफूलाई मुकुन्दे भन्छन् । उनी राजनीतिक भविष्यवाणी पनि गरिरहन्छन् । उनका भविष्यवाणीहरु मिल्छन् पनि ।

मुकुन्दे फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा सक्रिय छन् । हरेक दिनजसो सामाजिक सञ्जालमा विचार र प्रतिक्रिया पोष्ट गरिरहने उनले पछिल्लो समय देशको ठूलै नेताको ज्यान जोखिममा रहेको भन्न थालेका छन् ।

मुकुन्देले विगत १५ दिनयता लगातार यस्तै प्रकारको पोष्ट गरिरहेका छन् । कहिले राजा वीरेन्द्रको वंशनाथ त कहिले मदन भण्डारीको रहस्यमय मृत्युसम्बन्धी पोष्ट गदै उनले नेताहरुको ज्यान जोखिममा रहेको बताइरहेका छन् । उनले आज लेखेका छन्, ‘गृहमन्त्री भइसकेर राजकाज बुझेका नेताहरुको ज्यान जोखिममा हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्