काठमाडौं, ३० फागुन । यातायात व्यवस्था विभागले भोलि १ चैत्रबाट लागू हुने गरी सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले आज सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको हो ।
विभागका प्रवक्ता समेत रहेका निर्देशक डा. लोकनाथ भुसालले सूचना जारी गरी हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले हाललाई बन्द गरिएको जानकारी दिए ।
विभागमा अनलाइन आवेदन थुप्रिएपछि पालो आउन महिनौं लाग्ने अवस्था सृजना भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दा लाइसेन्स परीक्षाहरु बन्द गरिदा आवेदन थुप्रने क्रम बढेको हो ।